केही समयअगाडि बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराले आफ्नो प्रेम सम्बन्ध टुंगाएका थिए।
उनले मलाइकासँग ब्रेकअपबारे पहिलो पटक कुराकानी गरेका छन्। सोमबार मुम्बईको शिवाजी पार्कमा राज ठाकरेको दिवाली पार्टीमा 'सिंघम अगेन' का कलाकार अजय देवगन, टाइगर श्राफ र निर्देशक रोहित शेट्टीका साथ अर्जुन कपूर सामेल थिए।
यसबीच उनले आफू अब सिंगल रहेको बताएका हुन्। 'अहिले सिंगल छु, रिलेक्स,' उनले भनेका छन्।
अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरू भएको हो। जब उनीहरू एकसाथ एक फेसन शोमा देखिए।
मलाइकाको ४५ औं जन्मदिनमा उनीहरूले सम्बन्धलाई पुष्टि गरेका थिए। त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले। 'कफि विथ करण' मा अर्जुनले आफ्नो प्रेम जीवनलाई अलग स्तरमा लैजाने योजना भइरहेको बताएका थिए।