दक्षिण भारतीय अभिनेता नागा चैतन्य र शोभिता धुलिपालाले विवाह गरेका छन्।
उनीहरूले बुधबार नजिकका साथीभाइ र परिवारबीच विवाह गरेका हुन्। उनीहरूको विवाहको तस्बिर नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
'शोभिता र नागाले यस सुन्दर अध्याय सँगै सुरु गरेको हेर्नु मेरो लागि विशेष र भावनात्मक क्षण हो। मेरो प्यारो छोरालाई बधाई छ। प्रिय शोभितालाई परिवारमा स्वागत छ। तिम्रले पहिले नै हाम्रो जीवनमा धेरै खुसी ल्याइसकेऊ,' उनले लेखेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार नागा चैतन्य र शोभिता धुलिपाला गत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।