बलिउड अभिनेत्री मौनी रोयले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्। आफ्नो व्यक्तिगत जीवनका अपडेटहरू सामाजिक सञ्जालमा निरन्तर सेयर गरिरहने मौनी यस पटक नेपाल भ्रमणमा आएकी हुन्।
मौनीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
तस्बिरहरू सेयर गर्दै उनले लेखेकी छिन्, 'पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय। म यहाँ आएर आफूलाई भाग्यमानी महसुस गरिरहेकी छु। आभारी छु, धन्य छु र कृतज्ञ पनि छु।'
सार्वजनिक तस्बिरहरूबाट उनको यो भ्रमण धार्मिक रहेको देखिन्छ। उनी सहयोगीसहित नेपाल आएको देखिन्छ।
मौनी रोय डान्सर र गायिका समेत हुन्। उनले मुख्यतया हिन्दी टेलिभिजन र फिल्महरूमा काम गर्छिन्। भारतमा सबैभन्दा धेरै कमाउने टेलिभिजन अभिनेत्रीहरू मध्ये एक रोय अलौकिक थ्रिलर श्रृंखला नागिनबाट निकै चर्चामा आएकी थिइन्।
उनले अक्षय कुमारसँग 'गोल्ड', आयन मुखर्जीको फिल्म 'ब्रम्हास्त्रः पार्ट वन', संजय दत्तसँग 'भूतनी' लगायतका फिल्ममा काम गरेकी छन्।



