बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खान डिप्रेशनसँग लडिरहेका छन्।
उनकी आमा सुतापा सिकदरले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै उक्त कुरा खुलासा गरेकी हुन्।
'मेरो श्रीमानको मृत्युबाट हाम्रो परिवार निक्लन पाएका छैनौं। बाबिलमाथि धेरै प्रेसर छ र ऊ धेरै चिन्तित छ। जुन मलाई राम्रो लागिरहेको छैन। यो कामलाई लिएर मात्र होइन आफ्नो बुबालाई गुमाएर पनि हो' उनले भनिन्, 'जसरी अभिषेक बच्चनमाथि स्टार किड हुनुको प्रेसर थियो। त्यस्तै प्रेसर मेरो छोरामाथि बनाइ रहिएको छ। उनी आफ्नो बुबाको जस्तै फिल्मी दुनियाँमा सफलता हासिल गर्न सक्छन् कि सक्दैनन् भन्ने चर्चा भइरहन्छ। एक आमा भएको हिसाबले भन्न चाहन्छु कि मेरो छोरालाई एक्लै छोड्दिनुस्।'
बाबिलले ओटिटी फिल्म 'कला' बाट अभिनयमा डेब्यू गरेका थिए। त्यसपछि उनले फिल्म 'फ्राइडे नाइट प्लान' र वेब सिरिज 'द रेलवे म्यान' मा अभिनय गरे। यी फिल्मबाट उनलाई दमदार अभिनेताको रूपमा हेरियो।