यतिबेला दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म 'पुष्पा २' ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।
फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन्। ४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो। अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ। उनको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका छन्।
हालै अल्लू अर्जुनले एक प्रेस सम्मेलन राखेर उक्त घटनाको बारेमा कुराकानी गरेका छन्। 'सन्ध्या थिएटरमा भएको घटना हुनु हुँदैन थियो। म सन्ध्या थिएटर गएको थिएँ। पूरा फिल्म हेर्न पनि पाइनँ। त्यतिबेला मेरो म्यानेजरले भिड धेरै भएपछि निक्लनु भएका थिएँ। यो घटना बारे मैले भोलिपल्ट जानकारी पाएँ,' उनले भने।
उनले अगाडि थप्दै भने, 'सुकुमार सर पनि यस मामिलाबाट निकै दु:खी हुनुहुन्छ। हामीले मृतृ महिलाको परिवारलाई २५ लाख भारू दिएका छौं। उनीहरूले केही समय मागेका छन्। त्यसपछि म उनीहरूको परिवारसँग भेट्ने छु।'
मृतक महिलाको नाम रेवती बताइएको छ। एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।