दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म 'पुष्पा २' ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। 
फिल्मले भारतीय अफिसमा दिनकै नयाँ रेकर्ड बनाइरहेको छ। यसले बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म 'जवान' को रेकर्डसमेत तोडेको छ। 'पुष्पा २' दोस्रो शनिबार सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। 
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार 'पुष्पा २' ले १० औं दिन ४६ करोड भारू कमाएको छ। फिल्मले हिन्दी संस्करणमा मात्रै १० दिनमा ४९८ करोड भारू कमाएको छ।
फिल्मले भारतीय बक्स अफिसमा ८२४ करोड भारू र विश्वभरबाट १२०० करोड भारू कमाएको छ। 
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। 
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।