बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ति डिमरी एक्सन फिल्ममा देखिने भएका छन्।
यस फिल्ममार्फत शाहिद र तृप्तिले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। यो फिल्मको छायांकन ६ जनावरीबाट सुरू हुनेछ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म ५ डिसेम्बर २०२५ मा प्रदर्शन हुनेछ। तर फिल्मको नाम अझै तय गरिएको छैन।
साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्ममा शाहिद र तृप्तिसँगै नाना पाटेकर र रणदीप हुड्डाको पनि अभिनय रहनेछ।
शाहिदले पछिल्लो समय 'बल्डी ड्याडी' मा एक्सन गरेका थिए। तर यो फिल्म ओटिटीमा मात्रै सिमित भएको थियो। अब उनी ठूलो पर्दा एक्सन गर्ने तयारीमा छन्।