सञ्जयलीला भन्साली फिल्म 'लभ एन्ड वार' को तयारीमा छन्।
यस फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलको मुख्य भूमिका हुनेछ। हालै फिल्ममा एक नयाँ कलाकार जोडिएका छन्।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार यस फिल्ममा ओरीको पनि मुख्य भूमिका रहनेछ। ओरी सामाजिक सञ्जालमा निकै चर्चित छन्। उनी सेलिब्रेटीसँग तस्बिर खिचाएर चर्चामा आइरहन्छन्।
फिल्ममा ओरी एक समलैंगिक पात्रको भूमिकामा देखिनेछन्। उनी आलियाको नजिकको साथीको रूपमा प्रस्तुत हुनेछन्। आलिया डान्सरको भूमिकामा देखिनेछन्। फिल्ममा रणवीर कपूर र विक्की कौशल भारतीय सशस्त्र प्रहरीको भूमिकामा देखिनेछन्।
ओरीको पुरा नाम हो, ओरहान अवत्रामणि। ओरी मुम्बईको सामाजिक कार्यकर्ता हुन्। उनी अभिनेत्री सारा अली खानसँगै कोलम्बिया युनिभर्सिटीमा पढाइ गरेका थिए।
उनी बलिउडको 'बिएफएफ' को रूपमा पनि चिनिन्छन्। उनी पछिल्लो समय आफ्नो बोल्ड फेसन छनोट र फ्यान फलोइङको कारण चर्चामा छन्।
उनी मुम्बईको व्यवसायी पनि हुन्। रिलायन्स इन्डस्ट्रिज लिमिटेड चेयरपर्सन अफिसमा उनी विशेष परियोजना प्रबन्धकको रूपमा काम गर्छन्। यसबाहेक उनले न्यूयोर्कको पार्सन स्कुल अफ डिजाइनबाट फाइन आर्ट्स र कम्युनिकेशन डिजाइनमा स्नातक गरेका थिए।