भारतीय फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको मृत्यु भएको छ।
सोमबार मुम्बईमा ९० वर्षको उमेरमा उनको मृत्यु भएको हो। लामो समयदेखि मिर्गौला पीडित उनले मुम्बई सेन्ट्रलको वोकहार्ट अस्पतालमा साँझ ६:३८ बजे अन्तिम सास लिए।
उनको अन्तिम संस्कार मंगलबार गरिदैछ। उनकी छोरी पिया बेनेगलले भनिन्, 'उहाँ लामो समयदेखि किडनीकी बीमारीसँग लडिरहनु भएको थियो। दुई वर्षअघि उहाँको दुवै किडनी खराब भएको थियो।'
श्याम बेनेगलको नाममा सबैभन्दा धेरै नेशनल अवार्ड जित्ने रेकर्ड छ। उनले ८ फिल्मको लागि उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो।
श्याम सुन्दर बेनेगलको जन्म १४ डिसेम्बर १९३४ मा भएको थियो।