बलिउड अभिनेता शाहिद कपूर आगामी फिल्म 'देवा' लाई लिएर चर्चामा छन्।
यो फिल्म ३१ जनवरीदेखि प्रदर्शन हुँदैछ। प्रदर्शन मिति नजिकिदै गर्दा सेन्सर बोर्डले फिल्मको केही सिन हटाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको तीन सिन हटाइएको छ।
यस फिल्मबाट ६ सेकेन्डको लिपलक सीन हटाइएको छ। साथै फिल्मबाट केही अश्लील इशारा गर्ने सीन हटाइएको छ।
यो फिल्म ७५ करोड भारू लगानीमा बनेको हो। रोशन एंड्रयूज निर्देशित फिल्ममा सिद्धार्थ राय कपूर र उमेश केआर बन्सलको लगानी छ। फिल्ममा शाहिदसँगै पूजा हेगडे, पावेल गुलाटी, प्रवेश राणा, कुब्रा सैतलगायत कलाकारको अभिनय छ।