दक्षिण भारतीय अभिनेता धनुषले अभिनेत्री नयनताराविरूद्धको कपीराइट केस जितेका छन्।
मद्रास हाई कोटले कपीराइट मामिलामा नेटफ्लिक्स इन्डियाको याचिका खारेज गरेको छ। धनुषले नयनताराको जीवनमाथि आधारित डकुमेन्ट्री फिल्म 'नयनतारा बियोन्ड द फेयरीटेल' मा ३ सेकेन्डको क्लिप बिना अनुमति प्रयोग गरेको दावी गरेका थिए।
डकुमेन्ट्रीमा तमिल फिल्म 'नानुम राउडी धान' को म्यूजिक प्रयोग गरिएको छ। फिल्म 'नानुम राउडी धान' सन् २०१५ मा रिलिज भएको थियो। फिल्ममा नयनतारा र विजय सेतुपतिले अभिनय गरेका थिए। यसको निर्माता दक्षिण भारतीय अभिनेता धनुष थिए।
नयनताराले आफ्नो डकुमेन्ट्री फिल्ममा 'नानुम राउडी धान' को गीत र दृश्य प्रयोग गरेपछि लिगल नोटिस पठाएका थिए। यस मामिलामा धनुषले नयनतारासँग १० करोडको माग गरेका थिए। यो विवाद गतवर्ष नोभेम्बरबाट सुरू भएको थियो।