बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'केसरी २' ले बक्स अफिसमा सुखद कमाइ गरिएको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले दुई दिनमा १५ करोड ५० लाख भारू कमाएको छ।
९ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ७ करोड भारू कमाएको हो। फिल्ममा पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिल भएको हत्याकाण्ड देखाइएको छ।
करण सिंह त्यागी निर्देशित फिल्ममा अक्षयसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ। फिल्ममा अक्षय कुमारले सर सि. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्।
'केसरी' को सफलतापछि निर्माण टिमले यसको दोस्रो च्याप्टर बनाएका हुन्।