बलिउड अभिनेता आमिर खानको आगामी फिल्म 'सितारे जमीन पर' को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार आमिर खान टकिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस फिल्ममा आमिरले बास्केटबल कोचको भूमिका निर्वाह गरेका छन्। 
प्रसन्न आरएसले निर्देशन गरेको फिल्ममा आमिर खान र जेनेलिया डिसूजाको मुख्य भूमिका छ। फिल्मलाई आमिर खान र अर्पना पुरोहितले निर्माण गरेका हुन्। 
यो फिल्म २० जुन २०२५ मा रिलिज हुँदैछ।  
आमिरको पछिल्लो फिल्म 'लाल सिंह चढ्डा' बक्स अफिसमा फ्लप भएको थियो। यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो।