बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री प्रिती जिन्टा २६ वर्षपछि एकसाथ काम गर्दैछन्।
उनीहरूले सन् १९९९ मा तनुजा चन्द्रा निर्देशित फिल्म 'संघर्ष' मा काम गरेका थिए। यो फिल्मको लामो समयसम्म सिक्वेलको चर्चा भएको थियो।
हालै अभिनेत्री प्रिती जिन्टाले 'आक्स मी एनिथिङ' राउण्ड राखेकी थिइन्। जसमा उनका फ्यानले 'संघर्ष' को सिक्वेलको बारेमा कुराकानी गरेका थिए।
एक फ्यानले उनलाई सोधे, 'तपाईको कुन फिल्मको सिक्वेल बन्नुपर्छ जस्तो लाग्छ?'
उनले जबाफमा भनिन्, 'शायद संघर्ष।'
फ्यानले कमेन्ट सेक्सनमा प्रीतिको जबाफमा सहमति जनाएका छन्।
प्रीति पछिल्लो समय फिल्म 'भैयाजी सुपरहिट' मा देखिएकी थिइन्। जुन फिल्म सन् २०१८ मा रिलिज भएको थियो।