बलिउड अभिनेता सलमान खान पछिल्लो समय फिल्म 'सिकन्दर' मा देखिएका थिए।
यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अब सलमान आफ्नो नयाँ फिल्मको तयारीमा जुटेका छन्। जसको पहिलो झलक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सलमान त्यो अभिनेता हुन्, जो फिल्ममा स्क्रीप्टको माग अनुसार आफ्नो लुक्स परिवर्तन गरिरहन्छन्। उदाहरणका लागि 'सुल्तान, दबंग र भारत' को नाम लिन सकिन्छ। यसै क्रमलाई जारी राख्दै उनले आफ्नो आगामी फिल्मको लागि लुक्स परिवर्तन गरेका छन्।
उनी निर्देशक अपूर्व लखियाको फिल्मको तयारीमा छन्। यो फिल्म सन् २०२० मा गलवान घाटीमा भारत र चीनको बीच भएको सैन्य संघर्षमा आधारित हुनेछ। फिल्ममा सलमान शहिद कर्नल बी सन्तोष बाबुको भूमिकामा देखिनेछन्। सार्वजनिक तस्बिरमा उनी सन्तोष बाबुको हुलियामा देखिएका छन्। तर फिल्मको आधिकारिक पुष्टि गरिएको छैन।
