९० को दशकको अन्तिममा हिन्दी फिल्ममा निकै परिवर्तन आयो। हिन्दी फिल्म क्षेत्रमा बोल्ड कन्टेन्टवाला फिल्म निर्माण सुरू भयो।
अभिनेता इमरान हाशमीको आगमनले यस्ता कन्टेन्ट बन्न थाल्यो। जसमध्ये उदिता गोस्वामीले सर्वाधिक लोकप्रियता हासिल गरेकी थिइन्।
उनी फिल्म 'अक्सर' को 'झलक दिखला जा' गीतमा देखिएकी थिइन्। यसबाट रातोरात स्टार बनेकी अभिनेत्री उदिता हाल गुमनाम छिन्।
१९ वर्षको उमेरमा उनले बलिउडमा पाइला राखेकी थिइन्। सुरूआतमै उनले बोल्ड अवतारमा देखिन नडराउने प्रमाणित गरेकी थिइन्। इमरान हाशमी स्टारर फिल्म 'अक्सर' र 'जहर' मा उनी हट लुक्समा प्रस्तुत भएकी थिइन्।
यतिबेला उनको लुक्समा निकै परिवर्तन आएको छ। ४१ वर्षकी उदिता अहिले फिल्ममा काम गर्दिनन्। उनले डिजे आर्टिस्टको रूपमा आफ्नो पहिचान बनाएकी छन्।
उनले 'पाप, जहर, अक्सर, दिल दिया है, चेज, डायरी अफ ए बटरफ्लाई' मा अभिनय गरेकी छन्।
बलिउड छाडेपछि उदिताले फिल्म निर्देशक मोहित सुरीसँग सन् २०१३ मा विवाह गरेकी थिइन्। उनीहरूको एक छोरी देवी र छोरा कर्मा छन्।