भारतीय टेलिशृंखला अभिनेता गुरमीत चौधरीको मुम्बईस्थित घरमा चोरी भएको छ।
मंगलबार सामाजिक सञ्जालमा उनले एक पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
'आज एक नयाँ स्टाफ मेम्बर केही सामान चोरेर भाग्यो। हामी कसैलाई काममा राख्नुअघि भेरिफिकेशन गर्छौं। त्यसैले हामीले तुरून्तै एक्सन लिन पायौं। म घरमै थिएँ र मेरो बच्चा कोठामा सुरक्षित थिएँ। थोरै सतर्कता र फोन कलको सहयोगले धेरै सामान फिर्ता लियौं। थोरै कठिन समय थियो तर यो सतर्क रहन र घरमा काम राख्ने मान्छेको पूरै जानकारी लिनुपर्छ भन्ने कुरा सिकायो,' उनले लेखेका छन्।
गुरमीतले देबिनासँग विवाह गरेका छन्। उनीहरूको पहिलो भेट 'रामायण' को सेटमा भएको थियो र उनीहरूले सन् २०११ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी छन्।
अब गुरमीत र देबिना कलर्सको रियालिटी शो 'पति, पत्नी र पंगा' मा देखिनेछन्।