भारतीय अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर भएको छ।
उनलाई दोस्रो चरणको कलेजोको क्यान्सर भएको हो। हालै उनको १४ घण्टा लामो सर्जरी गरिएको थियो। सर्जरी सफल भएको उनका श्रीमान शोएब अब्राहिमले आजतकलाई जानकारी दिएका छन्।
दीपिकाले आफ्नो इन्स्टाग्राममार्फत आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन्।
'केही हप्तादेखि हाम्रो जीवनमा कठिन समय चलिरहेको छ। पेटको माथिल्लो भागमा दुखाईको कारण अस्पताल जान पर्यो। त्यसपछि कलेजोमा क्यान्सर भएको थाहा पाइयो। फेरि यो दोस्रो चरणको क्यान्सर भएको थाहा पाइयो। तपाईहरू सबैबाट पाएको आशीर्वादले म यो मुस्किलबाट बाहिर आउँछु,' उनले लेखेकी थिइन्।
दीपिका भारतीय टेलिशृंखला 'ससुराल सिमरका' बाट चर्चामा आएकी थिइन्।