अभिनेत्री हिना खानले विवाह गरेकी छन्।
उनले आफ्नो इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्। हिना फिल्म निर्माता तथा व्यवसायी रकी जायसवालसँग विवाह गरेकी हुन्।
उनीहरू पछिल्लो १३ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
विवाह लगत्तै उनीहरू रियालिटी शो 'पति पत्नी और पंगा' मा देखिनेछन्। यस शोमा हिना र रकी आफ्नो मजेदार, भावनात्मक पल सेयर गर्नेछन्।
रकी जायसवालका वास्तविक नाम जयन्त जायसवाल हो। पेसाले उनी एक फिल्म निर्माता र व्यवसायी हुन्। उनले टेलिशृंखला शो 'मितवा, ससुराल सिमरका, साथ निभाना साथिया, कुछ तो लोग कहेंगे, ये रिश्ता क्या कहलाता है' जस्ता निर्माण गरेका छन्। हिना र रकी भेट सन् २०१२ मा 'ये रिश्ता क्या कहलाता है' को सेटमा भएको थियो। जुन शोमा हिनाले मुख्य भूमिका निर्वाह गरेकी थिइन्।


