बलिउड अभिनेत्री दीपिका पादुकोण केही दिनअघि फिल्म 'स्पिरिट' बाट बाहिरिएकी थिइन्।
सन्दीप रेड्डी वांगा निर्देशित फिल्म 'स्पिरिट' मा प्रभासको मुख्य भूमिका थियो। दीपिकाले ८ घण्टा काम गर्ने माग राखेपछि यस फिल्मबाट बाहिरिएकी थिइन्।
यसैबीच दीपिका 'कल्की २' बाट बाहिरिने खबर बाहिरिएको छ। यस फिल्ममा पनि दीपिकाको को-स्टार प्रभास छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार आमा बनेपछि दीपिका ८ घण्टा काम गर्ने माग राखिरहेकी छन्। निर्माण टिम 'कल्की २' मा दीपिकाको भूमिका कम गर्ने तयारीमा छन्। तर अहिलेसम्म औपचारिक रूपमा जानकारी दिइएको छैन।