बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'हाउसफुल ५' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले दुई दिनमा ५४ करोड भारू कमाएको छ।
२४ करोड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ३० करोड भारू कमाएको हो। 'हाउसफुल ५' यो वर्षको तेस्रो ठूलो ओपनर फिल्म बनेको छ।
यो फिल्मको बजेट ३५० करोड भारू बताइएको छ।
तरूण मनसुखानी निर्देशित फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नांडिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदीन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवर, निकेतन धीर, डीनो मोरिया, नरगिस फाखरी, चित्रांग्धा सिंह, सोनम बाजवा, रन्जीतलगायत कलाकारको अभिनय छ। फिल्ममा सञ्जय दत्त र ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका छ।
फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन्।