बलिउड फिल्म 'हाउसफुल ५' ले राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले तीन दिनमा ८७ करोड भारू कमाएको छ।
२४ करोड भारूको ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार ३१ करोड र आइतबार ३२ करोड भारू कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। यो हिन्दी भाषामा फिल्मले भारतमा गरेको कमाइ हो।
यता, बलिउड फिल्म विश्लेषक तरण आदर्शले 'हाउसफुल ५' ले तीन दिनमा ९१ करोड ८३ लाख भारू कमाइ गरेको उल्लेख गरेका छन्। उनका अनुसार फिल्मले शुक्रबार २४ करोड ३५ लाख, शनिबार ३२ करोड ३८ लाख र आइतबार ३५ करोड १० लाख भारू कमाएको हो।
उनले 'हाउसफुल ५' कोरोना महामारीपछि अक्षय कुमारको सबभन्दा ठूलो ओपनिङ गर्ने फिल्म समेत बनेको जनाएका छन्।
यो फिल्ममा अक्षयसहित अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डेलगायत कलाकारहरूको अभिनय छ। तरूण मनसुखानी निर्देशित फिल्मको निर्माता साजिद नाडियाडवाला हुन्।
फिल्मले नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।