बलिउड फिल्म 'जोली एलएलबी ३' को टिजर युट्युबमा सार्वजनिक भएको छ।
सुभाष कपुर निर्देशित यो फिल्ममा अक्षयकुमार र अर्शद वारसी शीर्ष भूमिकामा छन्। सार्वजनिक टिजरअनुसार फिल्म अदालतको कोठा (कोर्टरूम) मा घुमेको छ। ब्ल्याक कमेडी जनराको फिल्मको टिजर रमाइलो लाग्छ।
फिल्ममा अर्शद वारसी र अक्षय कुमार दुवैले क्रमशः अधिवक्ता जगदीश त्यागी र अधिवक्ता जगदीश्वर मिश्राको भूमिकामा देखिएका छन्। टिजर र फिल्मको केन्द्रीय विषयवस्तु 'जोली भर्सेस जोली' को हास्यपूर्ण प्रदर्शन हो। अक्षय कुमार र अर्शद वारसी 'जोली' को रूपमा एकअर्काविरूद्धमा देखिएका छन्।
टिजरमा अर्का अभिनेता सौरभ शुक्ला पनि देखिएका छन्।
यो फिल्म 'जोली एलएलबी' फ्रेन्चाइजको तेस्रो भाग हो। पहिलो भाग सन् २०१३ र दोस्रो भाग २०१७ मा रिलिज भएको थियो। दोस्रो भाग रिलिजको आठ वर्षपछि तेस्रो भाग दर्शकमाझ आउन लागेको हो।
हुमा कुरेशी र अन्नु कपूर पनि अभिनीत 'जोली एलएलबी ३' आउँदो १९ सेप्टेम्बरमा रिलिज हुँदैछ।