प्रभास स्टारर ब्लकबस्टर फिल्म 'बाहुबली' फ्रेन्चाइजको नयाँ सिनेमा 'बाहुबलीः द इटर्नल वार' को टिजर सार्वजनिक भएको छ। यो एनिमेटेड वार एपिक फिल्म हो।
'बाहुबलीः द इटर्नल वार- पार्ट १' नाम दिइएको फिल्ममा अमरेन्द्र बाहुबलीको मृत्युपछिको जीवनलाई देखाइने छ।
बाहुबली अध्याय विस्तार हुँदै जाँदा, यो फिल्म 'स्टार वार्सः भिजन' र 'द ब्यान्डिट्स अफ गोलाक' फेमका निर्देशक ईशान शुक्लाले निर्देशन गरेका हुन्।
प्रस्तुतकर्ता एसएस राजामौली हुन्।
हालै प्रभास, राणा दग्गुबाती र एसएस राजामौलीले एक अन्तर्वार्तामा एनिमेटेड फिल्मबारे जानकारी दिएका थिए।
फिल्मको बजेट १२० करोड भारू रहेको र यो कुनै पनि भारतीय एनिमेटेड फिल्मको लागि अहिलेसम्मकै सबभन्दा बढी भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
यतिबेला प्रभास स्टारर 'बाहुबलीः द एपिक' प्रदर्शन भइरहेको छ। यो एसएस राजामौलीद्वारा निर्देशित बाहुबलीका दुईवटा फिल्मको पुनः सम्पादन र पुनर्स्थापित संस्करण हो।