बलिउड अभिनेत्री तनुजा तीन–चार दशक पुराना फिल्म ‘हात्ती मेरे साथी’, ‘चाँद और सुरज’, ‘अनुभव’, ‘छबीली’बाट परिचित छिन्। उनको अभिनयलाई अहिले पनि बलिउडका नयाँ कलाकारहरुले निकै कदर गर्छन्। जति राम्रो उनको रुप र अभिनय छ, उनको व्यक्तित्व पनि उत्तिकै बलियो छ।
सन् १९६५ तिर तनुजाले अभिनेता धर्मेन्द्रलाई झापड हानेर गाली गरेकी थिइन्। ‘शोले’ फिल्मका अभिनेता धर्मेन्द्रले पछि उनीसँग माफी माग्नु परेको थियो। यो घटना ‘चाँद और सुरज’ फिल्मको सुटिङ क्रममा भएको हो। ‘हामी दुलाल गुहाको ‘चाँद और सुरज’ फिल्मको सुटिङमा थियौं। धर्मेन्द्र र म मिल्ने साथी थियौं र हामी निकै रमाइलो पनि गर्थ्यौं। उनले मलाई आफ्नी श्रीमती प्रकाशसँग चिनाएका थिए।'
त्यो बेला सन्नी देवल पाँच वर्षका थिए र उनकी छोरी लली छ महिनाकी भएकी थिइन्,’ सन् २०१४ मा भएको फिल्म फेयरमा अभिनेत्री तनुजाले भनेकी थिइन्, ‘एकदिन धर्मेन्द्र मसँग जिस्किन थाले। मैले उनलाई त्यतिबेला नै झापड हानेर गाली गरेँ।
श्रीमती हुँदाहुँदै मलाई जिस्काउने भनेर धर्मेन्द्रलाई गाली गरेको थिएँ।’ त्योबेला धर्मेन्द्र विवाहित पुरुष थिए। उनको पहिलो श्रीमती प्रकाश कौर थिइन्। तनुजाको पिटाइ र गाली आएपछि उनले तनुजालाई आफ्नो दिदी बन्न जोड दिए। ‘धर्मेन्द्र मलाई आफ्नो दिदी बन्न किचकिच गरिरहेका थिए।
मैले उनलाई म आफ्नो भाइ जइदिपसँगै खुसी भएको बताएँ तर पनि उनले मानेनन्’ तनुजाले भनिन्, ‘त्यसपछि मैले एउटा कालो डोरो लिएर उनको हातमा राखी बान्दिएँँ।’ तनुजाले सन् १९७३ मा सोमु मुखर्जीसँग विवाह गरेकी थिइन्। पछि उनीहरुको दुई छोरी अभिनेत्री काजोल र तनिशा भए।
हृदयघातको कारण सन् २००८ मा सोमुको निधन भएको थियो। यता सन् १९८० मा धर्मेन्द्रले अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए। उनको पहिलो श्रीमती प्रकाश कौरसँग सम्बन्ध विच्छेद भएको छैन। हेमा मालिनीसँग विवाह गर्नकै लागि उनले आफ्नो धर्म समेत परिवर्तन गरेको भनिन्छ।