बलिउडमा १०० फिल्मको यात्रा पुरा गरेका अजय देवगनले आफ्नो पहिलो फिल्म ‘फूल और काँटे’ को रिमेक गर्ने भएका छन्।
अजय देवगन आफ्नो आउँदो फिल्म ‘तानाजी-द अनसङ वारिअर’ रिलिजपछि बलिउडमा १०० फिल्मको यात्रा पूरा गर्दैछन्।
हालै अजय देवगनले एक अन्तर्वार्ताका क्रममा ‘फूल और काँटे’ को रिमेक गर्ने बताएका हुन्।
अजय देवगनले आफ्नो पहिलो फिल्मको रिमेक बनाउन चाहेका हुन्। ‘म यसलाई फेरिएको समयका हिसाबले फरक तरिकाको प्रस्तुतीकरणसहित फिल्म बनाउने सोचमा छु,’ देवगनको भनाइलाई उद्धृत गर्दै भारतीय मिडियाले खबर लेखेका छन् ।
‘फूल और काँटे’ सन् १९९१ मा रिलिज भएको थियो। अजयले यो फिल्मलाई कसैसँग मिलेर निर्माण गर्ने पनि बताएका छन्।
उनले फिल्मका लागि नयाँ अनुहारको खोजीमा रहेको जानकारी दिएका छन्।