कलाकार तथा निर्देशक पशुपति राई निर्देशित नाटक 'उम्लिँदो खरानी र लेम्लेमा' भारतको अरुणाचल प्रदेशमा आयोजना हुने प्रख्यात अरुणाचल रंग महोत्सवमा मञ्चन हुने भएको छ।
मण्डला थिएटरले उत्पादन गरेको यो नाटक मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी विस्तारै प्रवेश गर्छ र समयक्रममा कसरी व्यवहारगत रूपमै प्रभाव जमाउन पुग्छ भन्ने संवेदनशील कथावस्तुमा आधारित छ।
इटानगरस्थित डिके कन्भेन्सन सेन्टरमा नोभेम्बर २३ देखि डिसेम्बर ६ सम्म चल्ने महोत्सवमा नेपालबाट मनोनयन भएको यस नाटकको प्रस्तुति नोभेम्बर २७ अर्थात आगामी बिहीबार साँझ ५ बजे तय गरिएको छ।
मिल्सन राईद्वारा लेखिएको नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र प्रतिना राईले अभिनय गरेका छन्।
थापा गाउँस्थित मण्डला नाटकघरमा भेटिएकी निर्देशक राईले आफ्नै निर्देशनमा बनेको नाटकले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्त उत्साहित र गर्वानुभूति भएको बताइन्।
चलचित्रको छायांकनमा व्यस्त रहेकी राई हाल नाटकको पुनः रिहर्सलमा तल्लीन छिन्। उनी र उनको टोली आगामी आइतबार अरुणाचलतर्फ प्रस्थान गर्ने तयारीमा छन्।
-1740460043-1763647647.jpg)
-1740460044-1763647647.jpg)
-1740460046-1763647647.jpg)