सेफ सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । नेपाली खानाका परिकारलाई विश्वभर चिनाउन भुमिका खेलेको भन्दै बोर्डले साहलाई सम्मान गरेको हो।
बोर्डमा आज आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालया सचिव यादव कोइरालाले साहलाई सम्मान गरेका थिए।
उक्त कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान) र रेष्टुराँ एन्ड बार एसोसिएसनले पनि साहलाई सम्मान गरेको थियो।
सम्मान कार्यक्रममा बोल्दै साहले आफूले सानो प्रयासमात्र गरेको र नेपाल सरकार तथा अरु संस्थाले चाहेमा नेपाली परिकारलाई वर्ल्ड फुड म्यापमा राख्न सकिने बताए।
पछिल्लो समय नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै गएको र यसले गर्दा नेपाली खानालाई पनि प्रबर्द्धन गर्दै विश्वव्यापी गराउनुपर्ने उनको भनाइ थियो।