अमेरिकी ब्यस्त जनजीवनलाई छिचोल्दै कविता, गजल, गीत, उखान टुक्कादेखि हास्यव्यङ्ग्य जस्ता साहित्यिक कार्यक्रमको माध्यमबाट आफ्नो सुखमय जीवनयापन तर्फ यहाँका नेपालीभाषी आकर्षित भएका छन्।
यसै सिलशिलामा अमेरिकाको वाशिंटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली कवी तथा कवयत्रीको एउटा भेलाले विविध कविता, गजल, गीत, उखान टुक्कादेखि हास्यव्यङ्ग्यको बहार ल्याएका छन्।
‘वाशिङटन डिसी साहित्यिक संगम’ नामक विशेष साहित्यिक कार्यक्रम शनिबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनास ), वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा भर्जिनिया राज्यको मनासस शहरमा सम्पन भएको हो।
डिसी मेट्रो क्षेत्रमा बसोवार गर्ने ८० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा साहित्यमा रुची राख्ने युवा, नयाँ सिकारू कवी, वरिष्ट श्रष्टा, कलाकार तथा पत्रकारको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा कलाकार सरोज खनाल र शिवहरी पौडेलले आफ्नो हाँस्य कविता प्रस्तुत गरी मनोरञ्जन दिएका थिए।
त्यस्तै, कार्यक्रममा संस्थालाई योगदान पुर्याउने सबै स्थानीय कवी तथा समाजसेवीहरु लगायत संस्था यूवा समूहको नेतृत्व गर्ने यूवाहरुलाई सम्मान गरिएको थियो।
साहित्यमा रुची राख्नेलाई वरिष्ट श्रष्टाका साथ एउटै थलोमा निम्त्याएर सिक्ने र सिकाउने परम्पराको थालनी भएको अनासका महासचिव भुपनारायण घर्तिमगरले जानकारी दिए।
साहित्यीक कार्यक्रममा देखाईएको रुची र छोटो समय मै प्राप्त लोकप्रियतालाई आधार मानी अनासले मासिक रुपमा ‘वाशिंटन डिसी साहित्यिक संगम’ नामक बिशेष साहित्यिक कार्यक्रम शुरु गरिएको अनासका अध्यक्ष राम प्रसाद खनालले जानकारी दिए।
कार्यक्रममा तीस जना भन्दा बढी कवी र कवीयत्रीहरुले आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका र सम्पादक मण्डलले छानेका रचनाहरु केही समय भित्रै प्रकाशन हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको "वाशिङटन डिसीका कवि र कविता" नामक पुस्तकमा प्रकाशन गरिने समेत अध्यक्ष खनालले जानकारी दिए।