Setopati ग्लोबल
Subscribe Setopati
शनिबार, साउन १७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी
  • अमेरिका
  • अस्ट्रेलिया
  • युरोप
  • पूर्व एसिया
  • मध्यपूर्व एसिया
  • दक्षिण एसिया
  • अन्य देश

बुहारी अाँप

केशव राज ज्ञवाली

केशव राज ज्ञवाली

सिकाइको यात्रा अचम्मको हुँदो रै’छ। कहिले सुरु भयो, कहिले सकिने हो थाहै नहुने।

सुरुवात त जन्मिँदै, आमाको दुध चुस्दै गर्दा भयो होला। त्यसपछि त सिकेको सिक्यै। बालखकालमै बढी सिकियो कि!

एकदिन कालो पाइपमा बाँसको ठेडी कोचेर बनाएको पांग्रालाई लौराले धपाउँदै, कुदाउँदै थिएँ। बुढी औँला ढुङ्गामा बजारियो। औँलाबाट रगत,

आँखाबाट आँसु र मुखबाट डाँको एक्कैचोटि छुट्यो, ‘मरँे नि आमा!’

पछि पछि गाउँका दाइहरु आउँदै रै’छन्। ‘यत्ति छुस्स ठोक्किँदा पनि के रोको, केटीजस्तो पिन्चे।’

म रुन त छोडिन होला, तर त्यो दिन सिकेँ, ‘केटा जब्बर, केटी पिन्चे।’

अर्कोदिन, आमालाई कुरा लगाइदिएँ, ‘दाइले काँक्रो चो¥यो, कसैलाई नभन्नु भनेर मलाई पनि खान दियो।’ आमा मज्जाले हाँस्नुभयो। दाइचाहिँ रिसाए र एकान्तमा भने “केटीजस्ता,े मनमा कुरा अडाउन नसक्ने, तेरो रुद्रघण्टी छैन” मैले त्यही नयाँ कुरा सिके। कति कति स्रोतबाट सिकिरहे। केटीमान्छेले भाडा पकाउने, भाडा माझ्ने हो, धेरै बोल्ने होइन आदि आदि।

एक दिन मोजाको बलको पछिपछि दौडिँदै थिए। बाटोमा आँपको रुखमुनि बुढी बज्यैै भेटिइन्, आँप चुस्तै गरेकी।

यी बज्यैको कथा अनौठो छ। गाउँभरि डुल्ने बज्यै कहिले कसको काम सघाउने उतै खाने, सुत्ने, केही पक्का ठेगान नभएजस्ती। भगवानको फोटोमा हुने मुद्राजस्तो चोरी औँला र बुढीऔँलामा चुरोट च्यापेर फुइफुइ धुवाँ उडाउँदै हिँड्ने ‘हावा’ बज्यै। मनमा लागेका कुरा फ्याट्ट भन्न सक्ने ‘हक्की’ बज्यै। चाउरी नै चाउरी, यस्तो लाग्थ्यो समयले सम्झनाका पत्र पत्र पट्याएर राखेको थियो उनको अनुहारभरि। बोल्दा गहिरो गुफाबाट निस्केजस्तो आवाजमा उनी भन्थिन्, “बाबु हाम्रो पालामा...।’ लाग्थ्यो, उनीसँग हरेक प्रसंगका लागि घटनाहरू छन्, आफ्नो चाउरीको तह तह पल्टाएर हामी केटाकेटीहरूको प्रश्न जवाफ दिइरहन्थिन्। वर्खा लागेदेखि दशैँतिहारसम्म उनी अलि व्यस्त हुन्थिन्। बाबुआमा खेतमा हुँदा, गाउँका केटाकेटी स्याहार्ने जिम्मा उनको हुन्थ्यो। हामी अलि ठूलाहरू उनको वरिपरि झुम्मिरहन्थ्यौं, उनका अनौठो कुरा सुन्न। रोपाइँको रन्को, वेँसीमा निकै रमाइलो हुन्थ्यो।  पाकेर लटरम्म। फाँटभरि रोपाइँ भइरहेको, गोरुहरू हिलाम्मे छोडिएको र सबैको अनुहारको उत्साहले फाँट नै जुरुक्क उचालिन्थ्यो। 

आँपहरू पाकेर लटरम्म हुन्थे। सिंदुरे आँप, सिन्दूरे आँप, बम्बै आँप आदि आदि। ती सबै आँपहरूको भीडमा अलि छुट्टै, अलिक ढुङ्यान जस्तोमा मज्जाले नहुर्केजस्तो, स–साना फल लाग्ने आँप थियो, “बुहारी आँप।” बज्यै त्यही आँप चुस्तै थिइन्।

मैले मोजाले बनाएको फुटबल लात्ताले हान्दाहान्दै टक्क अडिएर सोधेँ, “बज्यै, यसलाई बुहारी आँप किन भनेको?” बज्यैले लामो सास तानेर भनिन्, “खै बाबु, ठ्याक्कै त थाहा छैन, हामीले जानेदेखि यसलाई यही भनेको सुनेको छु। यो आँप यो ठाउँको सबैभन्दा सानो र नमीठो आँप हो। बुहारीलाई मीठो, मसिनो नदिनु भनेर होला कि।”

म त्यसपछि मेरो भकुण्डोको पछि दौडे हुँला, तर अहिले सम्झिन्छु। बज्यैको उत्तर बुहारी आँप जस्तै नमीठो तर सत्यको नजीक थियो।

हरेक युगलाई कागजजस्तो खातैखात चाङ मिलाएर राख्न मिल्ने भए, मानव सभ्यताको हरेक कालखण्डमा बुहारी आँपहरू ठिङ्ग उभिएरहेका भेटिन्थे होला। समयको गतिशीलता सँगै तिनीहरूको स्वरूपमा भिन्नता अवश्य छ, तर तिनीहरू सधैँ छन् हरेक युगमा। तिनीहरूको विस्तृति हाम्रो जीवनको अनेक पक्षमा सजिलै देख्न पाइन्छ। अत्यन्तै सुक्ष्म र मीहिन छ यो विस्तार, हाम्रो भाषामा, कतिपय ठाउँका नामहरूमा, हाम्रा उखान टुक्काहरूमा र सबैभन्दा महत्वपूर्ण हाम्रो व्यक्तिगत र सामाजिक व्यवहारहरूमा। हरेक युगको सत्ताले भन्छ, हामी पहिलेजस्तो होइनौं। हाम्रो शासनमा सबै ठीक छ र अतिशय सुन्दर पनि, अब योभन्दा पर पुग्ने बाटो छैन। यथास्थितिको रक्षा हरेक सत्ताको चरित्र हो र पिरामीड यसको स्वरूप। बाहिरबाट झट्ट हेर्दा पिरामीडको टुप्पोमा राजनैतिक सत्ता देखिए पनि त्यो सत्ताको चौडा आधार समाजको हरेक क्षेत्रमा, परिवार र व्यक्तिगत जीवनमा फैलिएका हुन्छन्। यो सत्ताको आधार दैनिक जीवनमा, संस्कृति र परम्परामा नजानिँदो गरी बुनिएको छ। हाम्रो समाजको राजनैतिक सत्ता बेला बखत परिवर्तन भइरहे पनि सत्ताको बाँकी अंग सदियौँदेखि उस्तै र उही छ। यही सामाजिक सत्ताले हरेक युगमा बुहारी आँपहरू रोपिरहेको र त्यसको संरक्षण गरिरहेको हुन्छ।

सामाजिक सत्ताको तन्तुले एउटा सानो भाइलाई ‘दिदी तिम्रो रक्षाको लागि म छु नि’ भन्न सिकाउँछ। यो छोरी मान्छेले गर्न नसक्ने काम हो भन्न सिकाउँछ। तिमी नारी हौ र तिम्रो जीवनको उडान र सीमाहरूको विस्तार यति मात्रै हो भनेर स्वीकार गर्न सिकाउँछ। यही छलपूर्ण संरचना अन्तर्गत निर्लज्जतापूर्वक हामी भनिरहन्छौं, “या देवी सर्वभुतेषुः शक्तीरूपेण संस्थीता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।”

दुर्गा सप्तसतिको यो मन्त्र पढ्न सजिलो छ, तर दैनिक÷सामाजिक जीवनमा यसको सम्मान नहुँदासम्म यो एकाङ्गी र कपटपूर्ण लाग्दछ।

सामाजिक विकासका सुचकांकहरूमा महिलाहरू पछाडि परेको देखेर शासनको कमजोरी औँल्याउन सजिलो छ, तर हरेक घरभित्र छोरीहरू अरूको घर जाने जात भन्दै गरिने फरक व्यवहार परिवर्तन गर्नु कठिन। हरेक युगमा बुहारी आँपको जराहरूलाई यी र यस्तै व्यवहारहरूले जोगाइरहेको छ।

यस्तो लाग्छ, सामाजिक सञ्जालहरू, पत्रपत्रिकाहरू महिलाविरुद्धको हिंसाका खबरले भरिएका छन्। तर यो हिंसा आजको मात्र कथा भने अवश्य होइन। स्त्रीजातिले आपूm हुनुकै कारणले भोग्ने पीडा, अपमानको गाथा धेरै लामो र पुरानो छ।

सम्पूर्ण निष्ठा र भक्तिपूर्वक नवदुर्गाको पूजा गरिरहँदा हाम्रो दैनिक, सामाजिक र राष्ट्रिय जीवनमा महिलाहरूमाथि गरिने व्यवहारमा बुहारी आँपहरू प्रश्नवाचक चिन्ह बोकेर उभिएका छन्। यी प्रश्नहरूको उत्तर कानुन परिवर्तनमा मात्र छैन, हामी सबैको घर र व्यक्तिगत जीवनसम्म फैलिएको छ।

फेरि उनै बज्यैकोे चाउरीको अर्को मूजा।

दशैंको मुखमा श्राद्ध गरिरहँदा मैले सोधेको थिएँ।

“यो के गरेको बज्यैै?”

“सोह्र श्राद्ध, आफ्ना बाउ, बाजे स्वर्गमा भोकै पर्लान् भनेर पिण्ड पानी दिएको।”

“बाहरूलाई मात्र, आमाहरूलाई खान पर्दैन?”, मेरो स्वभाविक प्रश्न।

“खोइ, आमाहरूको छुट्टै सोह्र श्राद्धको चलन छैन बाबै”, लामो सास तानेर उनले भनिन्।

“बाँचुञ्जेल त फरक गरे गरे, मरेपछि पनि कति हेपेका। आमाहरूको सोह्रश्राद्ध हुँदैन, मरे पछि साँच्चिकै पिण्ड खान मिल्ने भए, आमाहरु दशैंमा भोकै बस्नेछन्।”

मसँग त्यत्रो ठूलो प्रश्नको जवाफ न त्यतिबेला थियो न अहिले छ। दशैँभरि पढिने दुर्गा सप्तसतिको श्लोक सम्झिन्छु, “कुपुत्रो जायेत क्वचिदपी कुमाता नभवती” (सन्तान कुपुत्र हुनसक्छ तर आमा कुमाता हुँदिनन्) बज्यैै सबै कुरा देखेर सहेर पनि जीवनको स्रोत त तिमीबाट बगेकै छ तर घर–घरमा, समुदायमा, मुलुकमा डाडूपन्यू बोक्नेहरू सुपुत्र हुन नसकेको चाहिँ पक्कै हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १९:०२
सिफारिस
जीवनभर सरकारी सेवामा इमान देखाएका शारदाप्रसाद त्रिताल सिक्दै छन् चतुर्‍याइँ
जीवनभर सरकारी सेवामा इमान देखाएका शारदाप्रसाद त्रिताल सिक्दै छन् चतुर्‍याइँ
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको मूल्य कति?
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको मूल्य कति?
चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
देशकै धेरै पानी पर्ने गाउँ पुग्दा रसाए मेरा आँखा
देशकै धेरै पानी पर्ने गाउँ पुग्दा रसाए मेरा आँखा
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं: प्रधानमन्त्री
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं: प्रधानमन्त्री
राजाका पालामा देशले गुमाएको भूभाग
राजाका पालामा देशले गुमाएको भूभाग
घरमा पालेको कुकुर मरेपछि कपाल मुन्डन गरे, ९ दिन नुन छाडे
घरमा पालेको कुकुर मरेपछि कपाल मुन्डन गरे, ९ दिन नुन छाडे
बाँसको महत्त्व बताउन भोक हड्तालमा बसेका मेयर
बाँसको महत्त्व बताउन भोक हड्तालमा बसेका मेयर
एमाले विधान महाधिवेशन: यी नेताले पाए व्यवस्थापनको जिम्मेवारी
एमाले विधान महाधिवेशन: यी नेताले पाए व्यवस्थापनको जिम्मेवारी
प्रतिक्रिया दिनुहोस्
थप

ग्लोबल

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको अध्यक्षमा नेपाल निर्वाचित
फेसबुक प्रोफाइल 'लक' गर्नेलाई गम्भीर रूपमा लिन्छ अमेरिकाले, किन?
ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र
एनआरएनए क्यानडाको अध्यक्षमा किरोज श्रेष्ठको उम्मेदवारी घोषणा
अमेरिकामा डल्फिन जोगाइरहेका शम्भु
नेपालमा पर्यटक भित्र्याउन न्यूयोर्कमा कार्यक्रम

विचार

नारायण वाग्ले
देशकै धेरै पानी पर्ने गाउँ पुग्दा रसाए मेरा आँखा नारायण वाग्ले
यादव देवकोटा
राजाका पालामा देशले गुमाएको भूभाग यादव देवकोटा
आशा मगराती
कक्षामा पछाडि बस्नेहरूको कथा आशा मगराती
योगेन्द्र चापागाईं
यी हुन् विद्यालय शिक्षा सुधार नहुनुका प्रमुख कारण, के गर्न सकिन्छ? योगेन्द्र चापागाईं

ब्लग

मेघराज शंकर
चीनको विकास र समृद्धिका सात प्रेरणादायी ऐतिहासिक कोशेढुंगा मेघराज शंकर
अमर अधिकारी
विद्यालयका गुरुहरूको सम्झना! अमर अधिकारी
सौरभ थापा श्रेष्ठ
नाग पुज्ने सहर सौरभ थापा श्रेष्ठ
अर्जुन मोहन भट्टराई
कुण्ठा बनेको कात्तिक २७ को त्यो घटना! अर्जुन मोहन भट्टराई

साहित्यपाटी

अग्रिम पौडेल
राजा बोक्ने घोडा! अग्रिम पौडेल
हरिप्रसाद पोखरेल
शिक्षण सिकाइमा हामीले खोजेको रूपान्तरण! हरिप्रसाद पोखरेल
खगेन्द्र अवस्थी
अनि मैले छुटिने निर्णय गरेँ! खगेन्द्र अवस्थी
आज्ञा सागर हुमागाईं
समयको पाठ! आज्ञा सागर हुमागाईं

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP