सन् १९९० देखि ओसो तपोवनमा मेडिटेसन तथा ध्यान योगा सञ्चालन गर्दै आएका स्वामी आनन्द अरूणले संयुक्त राष्ट्रसंघ मार्फत ‘विश्व मेडिटेसन डे’ घोषणा गराउन आवश्यक पहल शुरू गरेका छन्।
यसै सिलसिलामा अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यमा एक कार्यक्रमका बीच ‘अन्तर्राष्ट्रिय मेडिटेसन डे’ को घोषणा गरिएको छ।
बुद्ध जन्न्मिएको दिन वैशाखमा पर्ने बुद्ध पुर्णिमाका दिनलाई ‘अन्तर्राष्ट्रिय मेडिटेसन डे’ मनाउन अनुरोध गर्दै यो घोषणा गरिएको छ ।
संयुक्त राष्ट्र संघलाई पठाइने सो घोषणा पत्रमा अमेरिकाको भर्जिनिया राज्यकी सिनेटर जेनिफर बयस्को, लाउडन काउन्टीकी अध्यक्ष फिलिस रान्डेल तथा भर्जिनियाकै प्रतिनिधि सभा सदस्य जन बेल, स्वामी आनन्द अरुण, संयोजनकर्ताहरू सीपिए हरि शर्मा र सुवर्ण पन्तले हस्ताक्षर गरेका थिए।
स्वामी अरूणको यस अभियानको पूर्ण सफलताको कामना गर्दै भर्जिनिया राज्यको लाउडन काउन्टीको तर्फबाट र्यानडल ,भर्जिनिया प्रतिनिधि सभा सदस्य जन बेल भर्जिनिया सिनेटर बयस्कोले आफूहरुले मेडिटेसन डे घोषणाको लागि अमेरिकी सरकार संग पहल गर्ने आश्विसन दिनमको साथै समर्थन र प्रशंसा पत्र पनि स्वामी अरुणलाई प्रदान गरेका थिए ।
सो अवसरमा उत्तरी भर्जिनियामा नेपाली सांस्कृतिक सभा हल बनाउन पहल गरिदिन अनुरोध गर्दै स्थानीय ददी ढुंगानाले सो कार्यको प्रोजेक्ट विवरण प्रस्तुत गरेका थिए।
सो अवसरमा विदेशी र स्वदेशीहरुलाई स्वामी आनन्द अरुणले धन्यवाद ज्ञापन गर्दै केही समय ध्यान गराएका थिए।
समारोहमा महाबाणिज्यदूत प्रेम राजा महत, अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) का अध्यक्ष गुणराज लुइँटेललगायत डीसी क्षेत्रका नेपाली समुदायका सामाजिक अभियन्ताहरुको उपस्थिति थियो।
डीसी महानगर क्षेत्रमा बसोवास गर्दै सामाजिक कार्यमा योगदान दिदै आएका अभियन्ताहरूलाई पन्चकन्याहरूले अभिनन्दन गरेका थिए।
बुद्ध जन्मेको दिनलाई नै ‘इन्टरनेसनल मेडिटेसन डे’ घोषणा गर्न स्वामी आनन्द अरुणले लामो समयदेखि पहल गर्दै आएको र यस प्रस्तावलाई केही समय पछि परराष्ट्र मन्त्रालय मार्फत संयुक्त राष्ट्र संघमा पुर्याइने भएको छ ।
