अमेरिकामा बन्दुकधारीको गोली प्रहारबाट एक नेपालीको ज्यान गएको छ।
अमेरिकाको केन्टकी राज्यको एलिजावेद टाउनमा टी मार्टका सञ्चालकसमेत रहेका लमजुङ घर भएका सुवास घलेको मृत्यु भएको हो।
घटनामा परी अर्का एक व्यक्ति प्रयास बानियाँ गम्भीर घाइते भएका छन्।
घटनास्थलउनको लुवेल अस्पतालमा उपचार भइरहेको छ। घले केही समयअघि टेक्ससको डलासबाट केन्टकी बसाइसरेका थिए।
बिहिबार राति करिब साढे ११ वजे भएको घटनामा एक बन्दुकधारीले घलेको स्टोरमा प्रवेश गरी गोली हानेका थिए।
प्रहरीले घटनाबारे पूर्ण जानकारी नगराए पनि बन्दुकधारीसँग सोही दिन दिउँसो घलेको सामान्य वादविवादसमेत भएको जानकारी गराएको छ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रण लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
यसैबीच एलिजावेथ टाउनका बासिन्दाहरु भेला भएर मृतकहरुप्रति श्रद्धाञ्जली दिएका छन् । सुभाष सम्झनामा उनले सञ्चालन गर्दै आएको टी–मार्ट अगाडि पुष्पगुच्छा चढाइएको थियो भने दीप प्रज्ज्वलनसमेत गरिएको थियो।