अष्ट्रेलियाको सिड्नीमा भएको एक्पर्ट कप फुटबलको उपाधि नेपाल युनाइटेडले जितेको छ।
तामाङ रिक्रेयसनल क्लबको आयोजनामा आइतबार सम्पन्न फाइनलमा सिड्नीको माछापुच्छ्रे फुटबल क्लबलाई ४-० गोल अन्तरमा हराउँदै क्यानबेराको नेपाल युनाइटेडले उपाधि उचालेको हो।
नेपाल युनाइटेडले उपाधिसहित तीन हजार डलर नगद र ट्रफी तथा पदक हात पारेको छ।
केही नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित उत्रिएको नेपाल युनाइटेडले वर्षाले प्रभावित फाइनलमा एकतर्फी खेल खेल्दै प्रतिद्धन्द्धी माछापुच्छ्रेमाथि सहज जित निकालेको हो।
युनाइडेडको जितमा कप्तान विवेक गुरूङले २ तथा विमल राना र रूपक लामाले १-१ गोल गरे।
प्रतियागिताको उत्कृष्ट खेलाडीको उपाधि भर्खरै नेपालबाट आएका राष्ट्रिय खेलाडी हेमन थापा मगर भए।
यस्तै उत्कृष्ट गोलरक्षकमा नेपाल युनाइटेडकै अनिष मैनाली भए।
सर्वाधिक गोलकर्ताको उपाधि पनि नेपाल युनाइटेडका कप्तान विवेक गुरूङले जिते। उनले प्रतियोगिताभर ८ गोल गरेका थिए।
माछापुच्छ्रेले सेमिफाइनलमा हँस्बी नर्थ फुटबल क्लबलाई हराउँदा नेपाल युनाइटेडले दी राइजीङ गोर्खाजलाई टाइब्रेकरमा पन्छाउँदै फाइनलको यात्रा तय गरेका थिए।
प्रतिगोगिताका विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै मुख्य प्रायोजक एक्सपर्ट एजुकेशनका प्रमुख सन्जिव शर्माले फुटबलले अनुशासन र स्वस्थ्य बनाउने काम गर्ने भएकोले यो प्रतिस्पर्धासँगै पहिचानका लागि समेत महत्वपूर्ण रहेको बताए।
शर्माले आपसी भाइचार र सामाजिक सहकार्यमा एकसपर्टको तामाङ रिक्रेयसनसँग लामो सहकार्य रहेको समेत सुनाए।
नेपालबाट सहभागिता जनाउन आएका राष्ट्रिय खेलाडीले यहाँको व्यवसायीक फुटबलमा समेत प्रयास गरे त्यो सबैका लागि महत्वपूर्ण शन्देश बन्ने उनले बताए।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा वरिष्ट प्रशिक्षक उदय कुमार श्रेष्ठले दोस्रो हुने टिमलाई उपाधि प्रदान गरेका थिए।
प्रतियोगिताका विजेता खेलाडीलाई अष्ट्रेलियन नेप्लीज फुटबल संघका प्रशिक्षक मिलन थापा एन्फाका प्रशिक्षक, प्रतियोगिता संयोजक विजय लामा, क्लबका अध्यक्ष अनिल तामाङलगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए।
प्रतियोगिता सेमिफाइनसम्म दश-दश मिनेटगरी बीस मिनेट र फाइनल तीस मिनेटको खेलाइएको थियो।