शैक्षिक परामर्श क्षेत्रमा देश विदेशमा पहिचान बनाएको एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले आफ्नो दुई दशकको यात्रा पूरा गरेको छ।
यही उपलक्ष्यमा सिड्नीमा एक कार्यक्रमको आयोजना गर्दै एक्सपर्टले सिड्नीस्थित नेपालीहरूको बाक्लो बस्ती रहेको रकडेलमा समेत सेवा विस्तार गरेको छ।
१६ वटा मुलुकमा आफ्नो सेवा विस्तार गर्न सफल एक्सर्पट एजुकेसनका पचासभन्दा बढी शाखाले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै आएको छ।
रकडेल शाखाको उद्घाटन र आफ्नो बिसौ वर्षगाठ मनाउँदै एक्सपर्टका संस्थापक सञ्जिव शर्मा र बद्री अर्यालले संयुक्त रूपमा केक काट्दै आफ्ना सहयोगी तथा सेवाग्राहीहरूलाई धन्यवाद दिएका थिए।
‘यो दुई दशकको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति मनैदेखि कृतज्ञता ज्ञापन गर्न चाहन्छु’, संस्थापक सञ्जिव शर्माले भने।
दुई दशकको यात्रामा एक्स्पर्टले सेवाग्राहीको विश्वास जित्न सकेको कारण नै आज यो अवस्थामा पुगेको बताउँदै शर्माले भने, ‘यसले अझ नयाँ आयाम थप्ने काम गरेको छ, जसअनुरूप हामीले रकडेलमा नयाँ शाखा विस्तार गर्ने अवसर मिलेको छ।’
कार्यक्रममा अर्का संस्थापक बद्री अर्यालले शैक्षिक परामर्श सेवा आफैंमा एउटा सम्मानित र मर्यादित पेशा भएकोले जिम्मेवार भएर काम गरेमा यसले विद्यार्थी, अभिभावक र समाजको पनि मन जित्नसक्ने उदाहरण एक्सपर्टले पेस गरेको बताए।
‘दुई दशकको लामो यात्रामा हामीले सिकेको कुरा भनेको इमानदारिता नै हो, यसले एक्सपर्टलाई विश्वसनीय बनायो र देश विदेशमा फैलाउन मद्दत पुर्यायो’, उनले भने।