नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले हरेक वर्ष आयोजना गर्ने न्याभ कप क्रिकेट प्रतियोगितामा १७ टिमले भाग लिने भएका छन्।
डोनेथ रिजर्भ रिजर्भावायरमा १४ जनवरीदेखि हरेक आइतबार आयोजना हुने क्रिकेट प्रतियोगितामा १७ वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको हो।
न्याभले यसपटक पुरस्कारको राशी बढाउँदै करिब १० हजार डलर बराबरको पुरस्कार प्रदान गरिने समेत घोषणा गरेको छ।
न्याभ कप आयोजक संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले प्रथम पुरस्कार ५ हजार डलर, द्वितीय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहने जानकारी दिए।
यस्तै व्यक्तिगत पुरस्कार (म्यान अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट) लाई पुरस्कार दिइनेछ।
म्याक्सिम्याक्स एजुकेशन एन्ड माइग्रेसनले मूख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब गरी १७ टिमको सहभागीता रहने छ ।
उक्त अवसरमा छैटौं च्यारिटी कप पनि हुनेछ । उक्त कपमा संकलन भएको रकमले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गरिने न्याभले जनाएको छ ।
१० मार्चमा हुने फाइनलमा नेपाली राष्ट्रिय टिमका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लसहित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई नेपाली क्रिकेटमा योगदान पुर्याएकोमा सम्मान गरिने न्याभले जनाएको छ।
प्रतियोगितका लागि न्याभका अध्यक्ष प्रेमराज उप्रेतीको नेतृत्वमा रहेको व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा एनआरएनए उपाध्यक्ष तथा एनएसडब्ल्यू संयोजक विनोद कुँवर, जेएसएस अध्यक्ष विनित शर्मा, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक, एनआरएनए भिक्टोरिया सचिव शसेन्द्र केसी, भिएनसीए अध्यक्ष सुजित बस्नेत, एनआरएनए युवा सचिव पुकार घिमिरे, म्याक्सिमेक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेल रहेका छन्।
न्याभ कप सम्पन्न गर्नको निम्ती नेपालस्थित अष्ट्रेलियाली दूतावास र नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गरिने बताइएको छ।