गायक रामकृष्ण ढकालले आजदेखि अस्ट्रेलियाका विभिन्न राज्यमा आफ्नो प्रस्स्तुति दिने भएका छन्।
करिब एक महिने अस्ट्रेलिया साङ्गीतिक यात्राको सुरूआत ढकालले सिड्नीबाट गर्दैछन्।
ढकालले आज (सेप्टेम्बर २८ तारिख शनिबार ) साँझ सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन्।
कार्यक्रममा गायक ढकालले आफ्ना नयाँ पुराना गीतसङ्गीत प्रस्तुत गर्ने आयोजक पाल्पा सर्भिसेजले जनाएको छ।
गायक ढकालले प्रवासमा रहेर पनि नेपाली गीत संगीतको श्रीबृद्धिको लागि संगीत प्रेमीहरूले देखाउँदै आएको लगाव अनि आत्मीयता आफू जस्ता कलाकारहरूको लागि जीवनबुटी हुँदै आएको प्रतिक्रिया दिए।
उनले आफ्नो यस पटकको अस्ट्रेलिया साङ्गीतिक यात्रामा नयाँ तथा पुराना गीतमार्फत् आफूलाई प्रस्तुत गर्ने जानकारी दिए।
‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ नामक साङ्गीतिक यात्राका क्रममा उनले आगामी अक्टोबर १ तारिख न्युक्यासलामा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन्।
यस्तै, ढकालले आफ्नो १ महिना अस्ट्रेलिया बसाइको क्रममा एडिलेड, ब्रिसबेन, मेलवर्न लगायतका सहरहरूमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।