अस्ट्रेलियाको न्यू साउथ वेल्सका वाणिज्य दूत सञ्जीव शर्माले दोस्रो पुस्ताका नेपालीलाई जोड्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा न्यू साउथ वेल्सका वाणिज्य दूत शर्माले विदेशमा हुर्किएको पुस्तालाई नेपालसँग जोड्दै खेलकुद लगायतका क्षेत्रमा अगाडि बढाउनुपर्ने बताए।
'मैले महामहिम ज्युलाई विशेष गरेर अस्ट्रेलियामा हुर्किएका पुस्ताबारे ध्यानकार्षण गराएको छु। उनीहरुलाई खेलकुद मार्फत जोड्दा अझै राम्रो हुन्छ,' राष्ट्रपतिसँग भएको कुराकानीबारे शर्माले भने,'नेपालमा हुने प्रतियोगिताहरुमा विदेशमा हुर्किएको पुस्तालाई समेत भाग लिन दिएमा त्यसले एकातिर नेपालको खेल क्षेत्रलाई सहयोग गर्छ भने अर्कोतिर उनीहरुलाई नेपालसँग जोड्छ भनेर मैले भनेको छु।'
दोस्रो पुस्तालाई नेपालसँग जोड्नु चुनौतीपूर्ण रहेको भन्दै त्यसमा सफल हुन सके फाइदा पनि पशस्त रहेको बताए।