मेरो बालापन सामु, तिम्रो काख स्वर्ग थियो
अबुझ मन सामु, तिम्रो प्रेरणा ज्ञानभण्डार थियो!
बाबाको शिर सामु, तिम्रो गृहस्थि साधना थियो
सारा उपलब्धि सामु, तिम्रो साधना शक्ति थियो!
पुस्ताको नासो सामु, तिम्रो कर्म लामो साँघु थियो
कुसंस्कार सामु, तिम्रो नित्यकर्म अचुक ओखति थियो!
अन्धो यौबन सामु, तिम्रो खबरदारी रक्षक थियो
मेरो आवेग सामु, तिम्रो बिबेक तगारो थियो!
चर्म चक्षुका सपना सामु, तिम्रो मर्मज्ञान दियो थियो
मेरो दासता सामु, तिम्रो शरिर मेरो भगवान थियो!
मेरो शास्त्र अध्यन सामु, तिम्रो दर्शन प्रतिबिम्ब थियो
मेरो कमजोरी सामु, तिम्रो बलिदान मियो थियो!
आमा, मेरो बिबेक सामु, तिम्रो परिचय जोडिरहोस!
आमा, मेरो संसार सामु, तिम्रो सृष्टि अनन्त चलिरहोस!
नागोया विश्व-बिद्यालय (जापान)