बंगलादेशको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीले बहुमत सिटमा सिटमा जित हासिल गरेको छ।
प्रमुख विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी बीएनपी र उनका सहयोगी दलहरूले बहिस्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बिबिसीले जनाएको छ।
कुल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको थियो। उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ सिटमा निर्वाचन रद्द गरिएको थियो।
बिबिसीका अनुसार निर्वाचन भएको २९९ सिटमध्ये २२३ सिटमा विजयी भएको छ। स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन रहेको बिबिसीले उल्लेख गरेको छ।
विवादित चुनावमा ४० प्रतिशत मात्रै मत खसेको बताइएको छ। विपक्षी दलहरूले यो आँकडा पनि सही नभएको बताएका छन्।
बहुमत प्राप्त भएसँगै शेख हसिना लगातार चौथो पटक बंगलादेशको प्रधानमन्त्री बन्ने तयारीमा छन्।
हसिना २००९ देखि निरन्तर बंगलादेशको सत्तामा छिन्।