शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।
शनिबारदेखी सुरु भएको एनआरएनए महाधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।
त्यस्तै उपाध्यक्षहरुमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहल, सुनिल कुमार शाह, मनोज कुमार श्रेष्ठ,विश्वास दिप लिम्बू र बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा जुनु गुरुङ निर्वाचित भएकी छन्।
महासचिवमा बाबु राम लामा निर्वाचित भए भने सचिवहरुमा टेकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे निर्वाचित भएका छन्।
महिला सचिवमा देवकी खत्री हुरुङ निर्वाचित भएकी छन्।
कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना निरिवाचित भएका छन्।
योसँगै एनआरएनएमा दुई कार्यसमिति बनेका छन्।
११ औं महाधिवेशनमा निर्वाचित बद्री केसी नेतृत्वको कार्य समितिले अक्टोबरमा १२ औं अधिवेशन गर्ने घोषणा गरिसकेको छ।