अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको बाल कविता क्यालेन्डर काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपती एंव वरिष्ठ साहित्यकार बैरागी काइँलाले लोकार्पण गरेका छन्।
उक्त क्यालेन्डर अफ्रिका च्याप्टरका लागि कवि रामचन्द्र राईले सम्पादन गरेका थिए। लोकार्पण कार्यक्रममा अनेसास अफ्रिका च्यापटरका अध्यक्ष कृष्णदत्त भट्ट, अनेसासका सल्लाहकार हिक्मत थापा लगायत कवि साहित्यकारहरूको उपस्थिति थियो।
क्यालेन्डरमा अफ्रिकामा बस्ने बाल प्रतिभाहरू युनेश घिमिरे (क्यामरुन), स्मिता श्रेष्ठ (सेसेल्स), अश्मी क्षेत्री (कंगो), विशेषता राना मगर (तान्जानिया) र सामर्थ अर्याल (नाइजेरिया) का कविता रचनाहरू समेटिएका छन्।
अनेसासको बाल साहित्य समितिका संयोजक सुरेन उप्रेतीले उक्त पत्रिकाको सहजीकरण गरेका हुन्।