गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं बैठक आइतबार बस्ने भएको छ।
संघका अनुसार बैठक आइतवार नेपाली समयअनुसार साँझ ५ बजे भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ। आगामी अक्टोबरमा हुने १२औं विश्व सम्मेलनका तयारीसँगै अन्य महत्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा एनआरएनए महाधिवेशनका लागि दर्ता भएका प्रतिनिधिहरूको व्यवस्थापन, महाधिवेशन स्थल तथा होटल व्यवस्थापन, अनलाइन निर्वाचन प्रक्रिया, साथै गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई लिएर भइरहेको काननी संशोधनमा ढिलाइ जस्ता एजेन्डामा छलफल हुने जनाएको छ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बस्ने बैठकले यसअघि संघको पदाधिकारी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको पनि बताइएको छ।