कतारको आन्तरिक मन्त्रालयले आइतबारदेखि बाहिर निस्कंदा अनिवार्यरूपमा मास्क लगाउनु पर्ने घोषणा गरेको छ।
मन्त्रालयले बिहीबार यस्तो घोषणा गरेको हो।
घोषणा अनुसार नियम पालन नगर्नेलाई २ लाख कतारी रियालसम्मको(५३ हजार अमेरिकी डलर) जरिमाना हुनसक्नेछ।
मन्त्रालयले ट्वीटर मार्फत जारी विज्ञप्तिमा नियम उलंघन गर्नेहरूलाई तीन वर्षसम्म जेल वा दुवै सजाय हुनसक्ने जनाइएको छ।
विज्ञप्तिका अनुसार यो नियम एक्लै गाडी चलाइरहेको अवस्थामा भने लागु हुनेछैन।
कतारमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३३ नयाँ संक्रमित फेला परेका छन्।
योसँगै कतारमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ७२ पुगेको छ भने मृतक संख्या १४ पुगेको छ।