अस्थायी बालीमा कृषकको आकर्षण घट्दै गएको देखिएको छ।
सातौं कृषि गणना २०७८ अनुसार अघिल्लो गणनाको तुलनामा अस्थायी बालीले ओगटेको जग्गा तीन लाख १७ हजार हेक्टरले घटेको पाइएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयको अनुसार २०६८ मा २१ लाख २३ हजार हेक्टर जग्गामा अस्थायी बालीको खेती गरिएकोमा अहिले घटेर १७ लाख ३१ हजार हेक्टरमा झरेको छ।
कार्यालयका अनुसार अस्थायी जग्गाको क्षेत्रफल घटे पनि जग्गाको उपयोग भने बढेको छ।
त्यस्तै, स्थायी बालीले ओगटेको जग्गा पनि घटेको छ। कृषि गणना २०६८ मा एक लाख ६८ हजार हेक्टरमा स्थायी बाली लगाइएकोमा अहिले घटेर एक लाख ४५ हजार ओगटेको छ।
कृषि गणना २०७८ अनुसार नौ लाख ५९ हजार कृषक परिवारले बगैचाको रूपमा स्थायी बाली लगाएको पाइएको छ।
२०६८ मा ८ लाख ८४ हजारले मात्रै यसरी स्थायी बाली लगाएको थियाे।