नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
कृषि विकास मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा कृषिमन्त्री डा. वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामीण सुरक्षा मन्त्री चुङ्ग हवान क्वुनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा कोरिया सरकारको सहयोगबाट संरक्षित कृषि, उच्च मूल्यका कृषि उपजको उत्पादन, प्रशोधन, बजारीकरण, दुग्ध व्यवसाय लगायत क्षेत्रमा थप कार्य गर्न सकिने उल्लेख छ।
कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास पूर्वाधार क्षमता अभिवृद्धिमा दुई देशबीच सहयोग र सहकार्य गर्न सकिने पनि समझदारीपत्रमा जनाइएको छ।
नेपालमा विशेषगरी कृषि र पर्यटन क्षेत्रमा लगानी सम्भावना भएकाले यस क्षेत्रको विकासका लागि कोरियाको विशेषज्ञता र सहयोग महत्वपूर्ण रहेको कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले बताए।