कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन्।
काठमाडाैंको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरू पूरा हुन नसक्ने बताएका हुन्।
आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै पनि समस्या किसानले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए।
तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको समेत बताएका छन्।
विषादी न्यूनीकरणका लागि किसानलाई उनले आग्रह गरे।
किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागि परेको बताए।
किसानको उत्पादन सहरसम्म ल्याइ बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरूको आवश्यकता रहेको उनको भनाइ छ।