गाजरको मूल्य होलसेलमै प्रतिकिलो २५० रूपैयाँसम्म पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी तरकारी बजारमा गाजर लोकल र तराई गरी दुई प्रकारका आउँछन्। गाजरको प्रकार अनुसार मूल्य फरक हुन्छ।
समितिको तथ्यांक अनुसार सोमबार लोकल गाजरको थोक मूल्य प्रतिकिलो दुई सयदेखि २५० रूपैयाँ किलो छ। त्यस्तै, तराई गाजर एक सय ८० देखि दुई सय रूपैयाँ छ।
आइतबार लोकल गाजर एक सय ८० देखि दुई सय रूपैयाँ र तराई गाजर एक सय ५० देखि एक सय ७० रूपैयाँ थियो।
अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरो जाँदा कृषि वस्तुको आपूर्तिमा अवरोध उत्पन्न हुँदा गाजरको मूल्य बढेको कालीमाटी बजारका व्यवसायीहरूले बताएका छन्।
उनीहरूका अनुसार बाढी पहिरोले अधिकांश ताजा तरकारीको मूल्य बढेको छ।