बाढी, पहिरो र डुबान पीडित किसानलाई कसरी राहत दिन सकिन्छ भन्ने बारे छलफल भइरहेको कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्।
उनले बुधबार वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान सञ्चालन कार्यक्रममा यस्तो बताएका हुन्।
'सबैभन्दा बढी क्षति कृषिमा पुगेको छ। किसानहरू रोएर बसेका छन्,' मन्त्री अधिकारीले भने, 'यसको व्यवस्थापन कसरी गर्न सकिन्छ। राहतको विषयमा छलफल भइरहेको छ।'
चाँडोभन्दा चाँडो सबै किसानलाई राहतको व्यवस्थापन कसरी र कुन ढंगबाट दिन सकिन्छ भन्ने मन्त्रिपरिषदमा समेत छलफल भएको मन्त्री अधिकारीले बताएका छन्।
किसानलाई दसैंभन्दा पछि तत्काल राहत दिने गरी छलफल भइरहेको उनको भनाइ छ।