आइतबार ठूलो गोलभेँडाको भाउ केही घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार गोलभेँडाको औसत मूल्य १४० रूपैयाँ प्रतिकिलो कायम गरेको छ। यसको न्यूनतम मूल्य १३० रूपैयाँ र अधिकतम मूल्य १५० रूपैयाँ प्रतिकिलो छ।
शनिबार ठूलो गोलभेँडाको औसत मूल्य १५० रूपैयाँ प्रतिकिलो थियो।
त्यस्तै सानो लोकल गोलभेँडाको भाउ पनि आइतबार औसत ८५ रूपैयाँ प्रतिकिलो छ। शनिबार यसको भाउ औसतमा ९५ रूपैयाँ प्रतिकिलो थियो।
टनेलको सानो गोलभेँडाको भाउ किलोमा १० रूपैयाँ घटेको छ। शनिबार ११० रूपैयाँ प्रतिकिलो औसत मूल्य रहेकामा आइतबार १०० रूपैयाँ प्रतिकिलो छ।
भारतीय आलुको तुलनामा नेपाली आलुको भाउ किलोमा २६ रूपैयाँ सस्तो छ। नेपाली रातो आलुको भाउ आइतबार पनि स्थिर रही ८० देखि ८४ रूपैयाँ प्रतिकिलो छ भने भारतीय रातो आलुको भाउ ५५ देखि ५८ रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै लोकल गाजरको भाउ किलोमा २० रूपैयाँ सस्तिएको छ।
शनिबार १५० देखि १६० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको लोकल गाजरको भाउ आइतबार १३० देखि १४० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
काउलीको भाउ भने आइतबार किलोमै २५ रूपैयाँ बढेको छ। शनिबार यसको औसत मूल्य ६५ रूपैयाँ तोकिएकोमा आइतबार ९५ रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
मटरकोशाको भाउ आज २ सय देखि २३० रूपैयाँ प्रतिकिलो तोकिएको छ। शनिबार यसको भाउ १५० देखि १८० रूपैयाँ प्रतिकिलो थियो। औसतमा मटरकोशाको भाउ किलोमै ५० रूपैयाँ महँगिएको छ।
यस्तो छ आज फलफूल र तरकारीको भाउ