सरकारले बाली र पशु बीमाको प्रिमियममा दिँदै आएको अनुदानलाई दुई अर्ब ३० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन्।
सरकारले कउषि तथा पशु बीमामा दिने अनुदान दोब्बरले वृद्धि गरेको हो।
बाली र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिइदै आइएको छ।